१९ असार २०७८, शनिबार

काठमाडौँ काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो

बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ समितिले गृहकार्य समेत थालिसकेको छ

गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिनुभयो समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहनेभएको छ

कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने अधिकारीहरूको भनाइ छ मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले पूर्वाधार व्यवस्थापनको समस्या रहेको छ मौजुदा सो समस्याको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते सो बन्दरगाह निर्माणको शिलान्यास गर्दै यो बन्दरगाह सञ्चालनले विदेशी सामान निर्यात गर्न मात्रै होइन, स्वदेशी सामान आयात गर्ने ढोकासमेत खुल्ने विश्वास व्यक्त गर्नुभएको थियो यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो । यो समाचार आजको गोरखमपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV