१८ असार २०७८, शुक्रबार

रौतहट । रौतहटको गौरमा स्थानीय झाझ खोलामा आएको बाढीका कारण गौर डुबानमा पर्न थालेको छ । खोलाको पानी गौर प्रवेश गर्न लागेपछि सर्वसाधारणहरु त्रसित समेत बन्न थालेका छन् ।

वागमती तथा लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय झाझ खोलामा पानी बढदै्र जाँदा खेतीयोग्य जग्गा तथा सदरमुकाम गौरमा जाने गरेकोले पानीको बहाव बढेको हो ।

झाझ खोलाको पानी दिउँसो ४ बजेदेखि गौरमा पस्न थालेको छ । जसका कारण गौरको वडा नम्बर २, ५, ९ लगायतको वडा अहिले डुबानमा पर्न थालेको छ ।

नेपाल–भारत सीमा क्षेमा रहेको गौर स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट समेत बाढीले गर्दा शसस्त्र प्रहरीले अन्यन्त्र स्थानमा सारिएका छन् । अहिले शसस्त्र प्हरीको बोर्डर आउट पोष्टमा चार फिट पानी रहेको छ ।

त्यस्तै गौर पिपरा सडक खण्डको गौर नगरपालिका ९ सिर्सिया टोलमा बाढीको पानीले सडक पार गर्दे बहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV