१८ असार २०७८, शुक्रबार

तेह्रथुम । पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्र्तगत म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणधिन मोटोरेबल पुल आज विहान आएको बाढीले भत्काएको छ ।

असार मसान्त सम्ममा ढलाई सक्ने गरि निर्माण कम्पनीले काम गरिरहे पनि निरन्तर परेको पानीका कारण खोलामा बाढी आए पछि सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएर पुल भत्कीएको हो ।

०७३ सालमा निर्माणको जिम्मा लिएको शप्तकोशी जलधार निर्माण सेवाले सम्झौता अनुसार काम नगर्दा बिगत ६ बर्ष देखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा पुर्याएको थियो । पटक पटक तागेता गर्दा पनि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुलको ढलान गर्नका लागि सबै तयारी गरेको पहिलो दिननै बाढीले क्षति पुर्याएको छ ।

आर्थिक बर्ष ०७२\७३ मा ४ करोड ९६ लाख रुपैयामा खोरुङगा खोलामा ३५ मिटर पुल निर्माणको जिम्मा पाएको शप्तकोशी जलधार निर्माण सेवाले असार मसान्त सम्ममा काम सम्पन्न गर्ने भन्दै काम गरि रहेको थियो । बाढीले पुल बगाउदा करिब एक करोड बराबरको क्षति भएको यहाँका साईड ईन्चार्ज रुद्र कोईरालाले जानकारी दिनु भयो ।

काम धमाधम भई रहेको बेला बाढीले पुल वगाउन थालेपछि यहाँ प्रयोग भएका सामाग्रीहरु सुरक्षित स्थानमा राख्न थालिएको छ । यसै बिच खोलामा पानीको बहाब पढे पछि यस अघि फेदाप गाउ पालिकाले बनाएको अस्थाईपुल भन्दा माथी पानी बगे पछि दिनभर सवारीसाधनहरु खोलापारी र वारी नै रोकिएका छन् ।

प्रत्येक बर्ष बर्षायाम सुरु भए पछि फेदापका नागरिकहरुलाई खोरुङगा खोलाले दुःख पाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV