१८ असार २०७८, शुक्रबार

काठमाडौं । विपक्षी गठबन्धन अबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन आबद्ध वद्यार्थी संगठनहरुले शुक्रबार विभिन्न क्याम्पस अगाडि सरकारको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो भने केही बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार नै बिद्यार्थीहरुले काठमाडौंको मीनभवन क्याम्पस अगाडि राँके जुलुससहित प्रधानमन्त्रीको पुत्दा दहन गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको, मुलुकमा भ्रष्टचार र मूल्यबृद्धि भएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको लगाएका माग राख्दै बिद्यार्थीहरुले बिरोध जनाएका हुन् ।

उनीहरुले प्रधानमन्त्रीले आफ्नो कदम नसच्चाएसम्म आन्दोलन गर्ने चेतावनी दिएका थिए । सरकारको कामकारबाहीको विरोध गर्दै बिद्यार्थी संगठनहरुले विहीबार पनि बिरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV