१८ असार २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संघ नेविसंघले रत्नपार्कको आकाशे पुलको भित्तामा लेखेको नारा काठमाडौं महानगरले मेटिदिएको छ । महानगरको विरोध गर्दे लिखिएको उक्त नारालाई शुक्रबार मेटिएको हो ।

पुलको भिन्तामा उनीहरुले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ भन्ने नारा लेखेका थिए । यसअघि सोही स्थानमा कलाकारहरुले वडा कार्यालयसँग अनुमति लिएर फ्रन्टलाइनरको सम्मानमा कलाकारले चित्र बनाएका थिए ।

त्यसलाई महानगरले मेटिदिएपछि उक्त भित्तामा नेविसंघले आक्रोशित बन्दै सो नारा लेखेको थियो । उक्त नारालाई महानगरले अवैध र अभद्र भएको जनाएको छ ।

दुई दशक अघि देखिनै भित्तामा पोष्टर, पमप्लेट, भित्ते लेखना जस्ता कार्य गर्न मनाही गरिएको पनि जनाएको छ । महानगरले जहाँ पायो त्यही भित्ता कोर्ने तथा पम्प्लेट टाँस्ने कार्यले महानगरको सौन्दर्यमा ह्रास आउने प्रतिकृया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV