१८ असार २०७८, शुक्रबार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १२ जालपा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानमाथि चिरपट प्रहार गरि फरार रहेका अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २१ गते राति साढेँ ११ बजेको समयमा गस्तीमा निस्किएका प्रहरी जवान विशाल राईलाई चिरपट प्रहार गरी सख्त घाइते बनाएर फरार रहेका जालपास्थित घलेगाउँका ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी जवान विशाललाई चिरपट प्रहार गरि शख्त घाईते बनाएपछि ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका अभियुक्त राईलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीे टोलीले लुकिछिपी बसिरहेको अवस्थामा बिहिबार दिउँसो साढेँ ३ बजेको समयमा जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।

अभियुक्त राईलाई ज्यान मार्ने उद्योगको मुद्धादर्ता गरि आवश्यक कारबाहीका लागि आज (शुक्रबार) जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक गजमेरले बताउनुभयो ।

प्रहरी जवान विशालमाथि भेषबहादुर सहित चार जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV