१८ असार २०७८, शुक्रबार

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गरिने भएको छ ।अध्यागमन विभागका अनुसार बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको हो । विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने जनाइएको छ । नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलाग्ने र भिसा नियमित गरिने बताइएको छ ।

निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ । निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा अहिले २१० दिनसम्म बस्न पाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV