१८ असार २०७८, शुक्रबार

रौतहट । लायन्स क्लव अफ चन्द्रनिगाहपुर रौतहटले गरुडा नगरपालिकामा रहेको वंशिराम अनाथालयका संस्थापक वंशिराम जयसवाललाई सम्मान गरेको छ ।

सो क्लवले क्लवको अन्तराष्ट्रिय स्थापना दिवसको अवसर पारेर जयसवालाई सम्मानित गरेको हो । ८४ वर्षीय वंशीरामले वि.सं. २०५२ सालमा सो अनाथालयको स्थापना गर्नुभएको हो । गरुडाका स्थानिय जयसवालले त्यहाँ विभिन्न होटलहरुमा बाल श्रमिकको रुपमा काम गर्ने बालबालिकाको दुरावस्था देखेपछि उनीहरुलाई त्यहाँबाट उद्धार गरेर आफ्नै घरमा ल्याएर पालेर अनाथालयको सुरुवात गरेका गर्नुभएको थियो ।

जयसवाले अनाथहरुको लागि भनेर गरुडा बजारमा रहेको आफ्नो दुई कठ्ठा ५ धुर जमिनमा उनले अनाथालय खोल्नुभएको थियो । सो अनाथालायमा हुर्किएका बालबालिकाहरु अहिले देश तथा विदेशका विभिन्न उच्च ओहोदामा कार्यरत रहेका छन् । उहाँको सोही योगदानको कदर गर्दै क्लवले उहाँलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै लायन्स क्लव १४ एरिया क्लस्टरका संयोजक दिपक रेग्मीले आफ्नो सर्वस्व लगानि गरेर अनाथ बालबालिकाहरुलाई आश्रय , शिक्षादिक्षा दिइरहनुभएका जयसलाई सम्मान गर्न पाउँदा आफुहरुलाई निकै खुसी लागेको बताउँदै आगामि दिनहरुमा पनि अनाथालयलाई सक्दो सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संस्थापक जयसवाल अनाथालय हाताभित्रनै २०५७ सालमा ५ कक्षासम्म पढाइ हुने सामुदायिक विद्यालय पनि स्थापना गनुभएको थियो । २ जना अनाथ बालबालिकाबाट सुरु गरेको सो अनाथालयमा हाल ३४ जना रहेका छन् । सो अनाथालयमा हुर्किएर आफ्नो सुखद् जिवनको सुरु गर्नेको संख्यापनि उल्लेख्य रहेको छ । आफुहरुले सबैको सहयोग पाएर अनाथालय सञ्चालनमा सहज हुँदै गएको अनाथालयका व्यवस्थापक हृदयलाल कुशवाहले बताउनुभयो ।

अनाथालयमा बालबालिकाहरुलाई औपचारिक विद्यालयको शिक्षासँगै धार्मिक, नैतिक शिक्षा पनि पनि प्रदान गरिरहेको बताउँदै उहाँलाई अभिभावक विहिन बालबालिकालाई अभिभावको कमि हुन नदिन आफुहरुले सक्दो प्रयास गरिरहेको जनाउनुभयो ।

सो अवसरमा अनाथालयलाई खाद्यान्न पनि सहयोग गरेको थियो । क्लवले अनाथालयमा रहेका सबै बालबालिकाहरुलाई सरसफाइ कीट , १० बोरा चामल, एक बोरा नुन, दाल, पानी ,तेल लगाएतको खाध्यान्न सहयोग गरेको पाष्ट रिजन चियरपर्सन बिनोद गुप्ताले जानकारी दिनुभयो । अनाथलयमा बसेर अध्ययन गर्ने बालबालिकाहरुका लागि थोरै भए पनि सहयोग गरौ भन्ने उदेश्यले सो कार्यक्रम गरिएको जनाउँदै उहाँले ‘मोर ह्डान्ड, मोर सर्भिस ’ भन्ने मुल नाराका साथ यस बर्षभरी विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुभयो ।

क्लवका पुर्व अध्यक्ष बासु अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष नारायण न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी गरुडा ४ का अध्यक्ष चुनचुन साह रहनु भएको थियो । यसअघिपनि सो क्लवले स्वास्थ्य, शिक्षा, वातावरण , बालश्रम र माहामारी विरुद्घ कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV