१८ असार २०७८, शुक्रबार

काठमाडौँ । करिब दुई साताअघि रत्नपार्क चोकको आकाशे पुलको भित्तामा एउटा कलात्मक चित्र कोरिएको थियो । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, सेना, प्रहरीहरुको सम्मानमा कोरिएको उक्त चित्र बुधबार काठमाडौँ महानगरपालिकाले एकै छिनमा मेटाइदियो । चित्र मेटाउन महानगरपालिकाले आफ्ना नगर प्रहरी र कर्मचारी खटाएको थियो ।

यसरी कलात्मक चित्रले चर्चा पाइरहेको बेला महानगरले मेटेपछि त्यस कार्यको चर्को आलोचना भयो । यसैको विरोधमा उक्त भित्तोमा अहिले नारा पोतिएको छ । नेविसंघको नामबाट लेखिएको उक्त नारामा ‘काठमाडौँ महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ लेखिएको छ ।

यसअघि केही कलाकार एवं स्वयंसेवकले एक हप्ता लगाएर उक्त चित्र कोरेका थिए । कलाकार दुर्जाङ शेर्पा लगायतको टिमले काठमाडौं महानगरपालिकाकै वडा नम्बर २८ को कार्यालयबाट अनुमति लिएर जेठ ३० गते उक्त चित्र पूरा गरिएको बताइएको थियो । तर महानगरपालिकाले भने भित्ताहरुमा चित्र र नारा र पोस्टरहरु कोर्न नपाउने हुनाले मेटिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV