१८ असार २०७८, शुक्रबार

काठमाडौं । मनसुनी वायुका कारण बुधबार रातीदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ ।

लगातारको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने केही नदी र खोलामा पानीको सतह बढेको छ । वर्षासँगै काठमाडौंको बागमती र विष्णुमतीमा पनि पानीको सतह बढेको छ ।

पानीको सतह बढेपछि बागमती र विष्णुमती नजिकका बस्तीमा पानी बस्ने जोखिम बढेकाे छ ।  नदी आसपासका बासिन्दा चिन्तित् बनेका छन् । नदी आसपासमा अव्यवस्थित बस्तीमा प्रत्येक वर्ष बागमतीको पानी पस्ने गरेकाे छ ।

काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ । काठमाडौं उपत्यकामा शुक्रबार पनि बिहानैदेखि वर्षा भइरहेकाे छ ।

पूर्वानुमान महाशाखाले केही ठाउँमा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क हुन आग्रह गरेको छ । महाशाखाको अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV