१८ असार २०७८, शुक्रबार

एजेन्सी । इंग्लिस फुटबल टोलीका विंगर जेडन सान्चो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । युनाइटेडले पनि आफ्नो वेबसाइटमा दुई क्लबबीच सहमति भएको जनाएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्टक मार्केटमा दिएको जानकारी अनुसार युनाइटेडले ७३ मिलियन पाउण्ड तिरेर सान्चोलाई भित्र्याउन लागेको हो ।

२१ वर्षीय सान्चो अब युरो सकिएलगत्तै मेडिकल पास गरेपछि अधिकारिक रुपमा टोलीसँग आबद्ध हुनेछन् । युनाइटेडले गत सिजन नै सान्चोलाई किन्ने प्रस्ताव राखेपनि डर्टमुन्डले उक्त प्रस्ताव अस्विकार गरेको थियो ।

डर्टमुन्डले यस सिजन पनि सान्चोलाई राख्ने इच्छा देखाएको थियो । तर सान्चो आफैंले प्रिमियर लिगमा फर्कने इच्छा देखाएपछि क्लब बेच्न राजी भएको हो । सान्चो म्यानचेस्टर सिटीबाट जर्मन क्लब पुगेका थिए । उनले यसक्रममा १ सय ३७ खेल खेल्दै ५० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV