१७ असार २०७८, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका–५ (साबिक बलुहवा गाबिस)लाई साक्षर वडा घोषणा गरिएको छ । विहीबार आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका प्रमुख बजरंगी प्रसाद कुर्मी र वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले संयुक्त हस्ताक्षर गरी वडा नम्बर ५ लाई साक्षर वडा घोषणा गरेका हुन् ।

बलुहवा साक्षर घोषणा भएसँगै मायादेवी गाउँपालिकाका सबै वडा साक्षर घोषणा भएका छन् । अब पालिकालाई साक्षर घोषणा गर्ने बाटो खुलेको छ । यसअघि पूर्ण भर्ना वडा घोषणा गरिएको बलुहवालाई १८ देखि ५० बर्ष उमेर समूहका २ सय २० जनालाई साक्षर बनाएसँगै तोकिएको मापदण्ड पूरा गरी साक्षर वडा घोषणा गरिएको बलुहवा सामुदायिक अध्ययन केन्द्रका संयोजक रमेश शुक्लाले जानकारी दिए ।

कार्यक्रममा वडालाई पूर्ण साक्षर बनाउन सहयोग पु¥याउनेहरुलाई सम्मान गरिको थियो । बिगतमा वडाका सम्पूर्ण बालबालिकाहरु विद्यालय गएका सुनिश्चिततापछि पूर्ण भर्ना र उमेर पुगेकालाई प्रौढ साक्षरता पश्चात साक्षर वडा घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले गाउँपालिकाको शिक्षा तर्फ हेर्दा अन्य पालिकाको तुलनामा गुणस्तर र पुर्वाधार निर्माणमा फड्को मार्न सफल भएको प्रष्ट पारे । कोरोना महामारीका बीच चालू आर्थिक वर्षमा ४ सय ५६ मध्य ४ सय २५ योजनाको सम्झौता गरी काम भइरहेको कुर्मीले जानकारी दिए । वडालाई साक्षर घोषणा गरिएसँगै वडाले शैक्षिक स्थिति सुधारलाई महत्व दिने वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV