१७ असार २०७८, बिहीबार

चितवन । लगातारको वर्षाका कारण चितवनको अधिकांश क्षेत्र डुवानमा परेका छन् । चितवनको प्रायः सबै खोलामा पानीको स्तर खतराको लेभलमा पुगेको छ ।

पूर्वी चितवनको टाँडीदेखि पूर्वमा जाने सडक पनि केहिबेर अवरुद्ध एको थियो ।
लगातार परिरहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पूर्ण रुपमा डुबानमा परेको छ ।

रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्दार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोको जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

कार्यालयले विहीबार एक सूचना जारी गरी बाढी, पहिरो, नदी कटान र डुबानको दृष्टिकोणले उच्च जोखिममा रहेका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन वा जान अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV