१७ असार २०७८, बिहीबार
  • भगतराम थारु,

नेपालगञ्ज । पाटे बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडक बाटोमा दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ल्याइरहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका–५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई प्रक्राउ गरेको हो ।

उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका डम्बर र नन्दुले बोकेर ल्याएका झोलाहरु खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटेबाघको छाला थान–२ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका नन्दु र डम्बरलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV