१७ असार २०७८, बिहीबार

काठमाडौं । वाईआरएफको फिल्म ‘पठान’लाई लिएर विगतका वर्षहरुदेखिनै बज बनेको छ । यस फिल्मको तस्वीर र भिडियोहरु यस अगाडि नै सोसल मिडियामा सार्वजनिक भइसकेका छन् ।

‘पठान’मा भिलेनको भूमिका निभाइरहेका अभिनेता जोन अब्राहम पनि सुटिङ सेड्युलमा जोइन भइसकेका छन् । अब जोन अब्राहमले शाहरुख खानको साथमा आफ्नो भूमिकाको सुटिङ गर्ने बताइएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहरपछि मुम्बई अनलक भएसँगै जोन अब्राहम र शाहरुख खानले ‘पठान’को सुटिङ सुरु गरेका हुन् । वाईआरएफ स्टुडियोजमा एक फ्यानले क्लिक गरेको तस्वीरले पनि एक्शन अभिनेता जोन अब्राहमले ‘पठान’को सुटिङ सुरु गरेको साबित गरेको छ ।

त्यस्तै, अब केही दिनमा नै अभिनेत्री दीपिका पादुकोणले पनि फिल्मको सुटिङ जोइन गर्ने बताइएको छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV