१७ असार २०७८, बिहीबार

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राज बहादुर गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । विहीबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कडेलले सदस्य गिरीलाई सपथ खुवाएका हुन् ।

सपथपछि सदस्य गिरीले परम्परागत ज्ञान, भइरहेको सीप, आधुनिकीकरण गरेर अघि बढ्न नसकेसम्म बिकासको बाटोमा अघि बढ्न नसकिने बताए । उनले आफूसँग भएको योग्यता, विज्ञता र अनुभव मुलुकको बिकासमा प्रयोग गर्ने धारणा राखे ।

नेपालमा प्रशस्त स्रोत र साधनलाई बिकासमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ । केही दिनअघि बसेको मन्त्रीपरिषद् बैठकले गिरीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV