१७ असार २०७८, बिहीबार
  • विजय साह,

धनुषा । धनुषाको कमला नदीबाट सुरक्षाकर्मीको टोलीले ३ जनाको सकुशल उद्दार गरेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने संजय चौधरी, गणपत यादव र सीता देवी यादवलाई कमला नदीबाट सुरक्षाकर्मीले सकुशल उद्दार गरेका हुन् ।

उद्दार गरिएका तीनै जना कमला नदीको बीच भाग फसेका थिए । उनीहरुलाई विहीबार दिनको १२ बजे इलाका प्रहरी कार्यालय ढल्केबर, शसस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुर र दंगा नियन्त्रण गण ढल्केवरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्दार गरेको इप्रका ढल्केबर प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

कमला नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे कमला नदीको बगरमा लगाइएको परवल खेत रुग्न त्यहाँ गएका थिए । बुधबार राति नदीमा आएको बाढीले खेतको दुबै पट्टीको जमिन कटान गरेर खोला बग्न थालेपछि परवल खेत रुग्न गएका तीनै जना कमला नदीमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV