१७ असार २०७८, बिहीबार

बर्दिया । गुलरिया नगरपालिकाको सहयोग र दलित महिला संघ बर्दियाको आयोजनामा न्यायिक समितिको काम कर्तब्य र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गुलरिया नगरपालिकाको वडा नं २,३,४,५,६ र १२ मा कार्यक्रम गर्ने समझौता भए पनि हाल सम्म चार वटा वडाहरू २,३,४,५,६ र १२ मा कार्यक्रम सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको वडा नं ४ को कैलासनगर, वडा नं२ को पण्डितपुर, वडा नं ३ को कट्टि र वडा नं १२ मा कार्यक्रम सम्पन्न गरिएको छ भने वडा नं ५ र ६ को गुलरियामा कार्यक्रम सम्पन्न भयको दलित महिला संघले जनाएको छ ।

कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरी कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भो कार्यक्रममा दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनार र गुलरिया नगरपालिकाका प्रेस सल्लाहकार ज्योति पन्थिले न्यायिक समितिले गरेको कामहरूका बारेमा प्रशिक्षण गर्नु भयको थियो ।

दलित महिला संघ बर्दियाले गुलरिया नगरपालिकाको ६ वटा वडाहरूमा न्यायिक समितिको काम कर्तब्य र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्नका लागि सम्झौता गरे बमोजिम कार्यक्रम सञ्चालन भयको दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV