१७ असार २०७८, बिहीबार

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नयाँ प्रहरी प्रमुख पाएको छ । तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरिया जिल्ला प्रहरी कार्यालय रौतहतमा सरुवा भएसँगै प्रहरी नायव उपरीक्षक उमेश लम्सालले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्न थालेका हुन् ।

प्रहरी प्रधान कर्यालयले मंगलबार ५२ जना प्रहरी एसपी र ५७ जना प्रहरी प्रमुख नायव उपरीक्षकको सरुवा गरेको थियो । त्यसमध्ये खोटाङका प्रहरी प्रमुख चिमोरियाको जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा भएसँगै लम्साल प्रहरी प्रमुखको रुपमा खोटाङ आएका हुन् । यसअघि प्रमुख लम्साल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबिमा प्रमुख नायव उपरीक्षककै रुपमा कार्यरत थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रमुख हुँदा नेपालको इतिहासमै सबैभन्दा धेरै जुवा रकमसहित पक्राउ गर्न सफल लम्सालले नयाँ बसपार्कमा हुने लुटपाट, ठगी र वेश्यावृत्ति नियन्त्रण गर्न सफल भएका थिए ।

प्रहरी प्रमुख लम्सालले सोही समयमा दुई करोड ७० लाखभन्दा बढी नगदसहित जुवाडे पक्राउ गरेर निकै चर्चा कमाउन सफल भएका थिए । लम्साललाई नेपाल प्रहरीमा एकदमै निडर,कर्तव्यनिष्ठ,काविल प्रहरी अधिकृतका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV