१७ असार २०७८, बिहीबार

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा रहेका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जिल्लाका सक्रिय पाँच विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, माधव–झलनाथ निकट अखिल, जनमोर्चा र जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनमा आवद्ध विद्यार्थीहरूले प्रधानमन्त्री ओलीको विरोधमा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले बहुलाएको सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप दिएर प्रधानमन्त्री ओलीको प्रतिकात्मक विरोध जनाएका हुन् । विद्यार्थीहरूले कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग सामान्य घम्साघम्सी भएको थियो।

निषेधाज्ञाबीच बिर्तामोडस्थित मुक्ति चोकमा बुधबार साँझ पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीको कार्यशैली अमर्यादित र अशिष्ट भएको भन्दै भत्र्सना सहित प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेका थिए ।

विरोध सभामा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारीका अनिल सुवेदी, विद्यार्थी नेता पोषराज कटुवाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV