१६ असार २०७८, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली अहिलेको प्रमुख समस्या रहेको बताउनुभयो ।

बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले ओलीप्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको भन्दै त्यसका विरुद्ध एकसाथ रहेको धारणा राख्नुभएको हो ।

आफू कहिले यता र कहिले उता हुनुमा आफ्नो कमजोरी भएपनि यसमा मूलभुत रुपमा कसको हात छ ? भनेर बुझ्नसमेत आग्रह गर्नुभयो ।

त्यस्तै एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको बताउनुभयो ।

व्यक्ति चयन गर्दा पनि सुशासन कायम नभएको भन्दै अबका दिनमा व्यक्ति चयनबारे ध्यान दिनुपर्ने उहाले बताउनुभयो । उहाले ओली जेष्ठ २ गते फर्कन तयार भएपनि कुनै पनि अवस्थामा आफूले भने मूल्य–मान्यताको राजनीति नछाड्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउन र संस्थागत गर्नका लागि गठबन्धनलाई थप मजबुद बनाएर लैजाने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV