१६ असार २०७८, बुधबार

काठमाडौँ । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।

यसअघि बसेको बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। पार्टी सञ्चालन पुरानै संरचना अनुसार भएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने संस्थापन पक्षको विश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV