१६ असार २०७८, बुधबार

नवलपरासी । आज विहान आएको भारी वर्षातका कारण पूर्व पश्चिम राजमार्ग वुटवल नारायणागढ खण्ड अन्तर्गत सुनवल नगरपालिका वडेरामा निर्माणधिन पुलको डाइभर्सन बगाउदा राजमार्ग अवरुद भएको छ ।

सवारी साधनहरुलाई सुचारु गर्न परासी भुमही हुदै पठाइएको सुनवल ट्राफिक प्रहरीले जानकारी दिएको छ । जिल्लामा जारी लकडाउन केहि खुकुलो भई राजमार्गमा यात्रा गर्ने लामो तथा छोटो दुरीका मालबाहक सावारी साधन तथा यात्रुहरु मारमा परेका छन ।

थप वर्षा नभए डाइभर्सन सुचारु गरी राजमार्गमा यातायात संचालन गर्न दिन भर लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV