१५ असार २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ झापामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ ।

धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा कृषि ज्ञान केन्द्र झापाको आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिए।

असार १५ को अवसर पारेर मंगलबार ज्ञान केन्द्रले स्थानीय गणेश कृषक समूहसंगको सहकार्यमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको कार्यालय प्रमुख निलकमल सिंहले जानकारी दिए ।

कार्यालय प्रमुख सिंहले सो क्षेत्रको आठ कठ्ठा खेतमा आज रोपाइँ गरिएको जानकारी दिए । केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ ।

झापाका अधिकांश किसानहरू यतिबेला धान रोपाइँको तयारीमा जुटेका छन् । जिल्लामा यसपटक १७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख सिंहले बताए ।

झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रीक टन प्रती हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV