१५ असार २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको भन्दै यसले प्राप्त उपलब्धि गुम्नसक्ने खतरा पैदा भएको बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमाा राष्ट्रिय युवा संघ नेपालले मंगलबार भक्तपुरमा आयोजना गरेको रोपाइ विशेष कार्यक्रममा ज्ञवालीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउने काममा सरकार लागेपनि घेराबन्दी गर्दै यसलाई अवरुद्ध पार्न खोजिएको बताएका हुन् ।

उनले यसअघि पनि पटक–पटक घेराबन्दीको सामना गर्नुपरेको भन्दै अहिलेको घेराबन्दीको पनि सामना गर्ने दाबी गरे । उनले एमाले नेतृत्वको सरकारले नेपाली किसानको पीडालाई मुक्ति दिने गरि काम गरेको धारणा राखे ।

किसानको कामलाई गौरबको बिषय बनाउने हिसावले किसानलाई सामाजिक सुरक्षाको व्यवस्था पनि यहि सरकारले गरेको उनको भनाइ छ । त्यस्तै एमाले नेता महेश बस्नेतले नेपालमा कृषिलाई आधुनिकीकरण गर्न सक्ने युवाहरु बिदेशिनु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV