१५ असार २०७८, मंगलवार

काठमाडौं । झन्डै दुई महिनाको अन्तरालमा २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात चल्न दिइए पनि चालकले यात्रु पाएका छैनन् । सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा चल्न दिइएसँगै आजदेखि गुड्न थालेका सवारीले यात्रु पाएका छ्रैनन् ।

काठमाडौंको टुँडिखेलमा यात्रु ओराल्ने र चढाउने ठाउँमा सार्वजनिक यातायात रोकिएका छन् तर, याुत्र भने छैनन् । त्यस्तै, चक्रपथ परिक्रमा गर्ने सवारीमा पनि यात्रुहरु छैनन् तैपनि बसहरु भने गुँडिरहेका छन् ।

No description available.

सवारी चलाइए पनि यात्रु नपाएर इन्धनको खर्चमात्र भइरहेको चक्रपथ परिक्रमा रुटमा चलाउने एक चालक बताउँछन् । उनका अनुसार यात्रु नपाउँदा पनि गाडी गुडिरहेको छ र इन्धन पुराउन पनि धौँ धौँ हुने समस्या देखिएको छ ।

त्यसो त, महानगरले चालकलाई स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय दिएको ती चालक बताउछन् । उनका अनुसार यसरी बस रोक्न नदिएपछि यात्रु खोज्नका लागि घुमेको घुमेकै गर्नुपर्ने अवस्था रहेको छ ।

No description available.

कुनै कुनै ठाउँमा केही यात्रुहरु भने भेटिने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘भर्खर लकडाउन खुकुलो हुँदैछ । अब विस्तारै खुल्ला नि । तर, इन्धन खर्च पो धेरै उठ्ने भो !’

यता, साना यातायात व्यवसायीले भने २५ सिटभन्दा कमका सवारी साधन पनि चल्न दिनुपर्ने माग राखेका छन् । उनीहरुले आगामी बिहीबारदेखि आफूहरुले पनि सवारी चलाउने भनिसकेका छन् ।

No description available.

तस्बिर : महेश्वर के.सी.

प्रतिक्रिया दिनुहोस्

LIVE TV