१५ असार २०७८, मंगलवार

काठमाडौं । आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निःसन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आइभीएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा सधैं जोड दिंदै आएको छ । यसैबीच वात्सल्यले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) / Sperm DNA Fragmentation Index (DFI) लगायतका दुई वटा नयाँ जाँच विधिको शुरुवात पनि गरेको छ, जुन नेपाल मै पहिलो पटक हो ।

Sperm DFI विधिबाट डीएनएको स्तरमा कति क्षति पुगेको छ–छैन जाँच गर्न सकिने र सोही अनुसार उपचार गरी सफलता हासिल गर्न सकिनेछ । त्यस्तै, HyCoSy को माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिने, Ectopic Pregnancy, endometrial polyps, submucosal fibroids, synechiae, hyrosalpinges अप्राकृतिक डिम्बाशय जस्ता अवस्था पत्ता लगाएर उपचार गर्न सकिने भएको कारण निःसन्तान उपचार थप प्रभावकारी हुने प्रजनन् विशेषज्ञ डा. सुमी मुनाकर्मी बताउछन् ।

निःसन्तान उपचारका लागि आउने करिब २५–३०५ महिलामा गर्भनली समबन्धी समस्या हुने उनको भनाइ छ । ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएको कारण यसलाई अन्तिम विकल्पको रुपमा नै प्रयोग गरिन्छ ।

गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्रायः Hysterosalpingography (HSG) को प्रयोग गरिन्थ्यो तर, यसमा प्रयोग हुने एक्स–रेको नकारात्मक प्रभाव कम गर्न र छिटोरछरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले HyCoSy को प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै HyCoSy को प्रयोग बढेको छ ।

यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ र अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ । यसको सफलता दर एचएसजी जस्तै छ र उपचारात्मक भूमिका पनि उस्तै छ तर सहजता, छिटो नतिजा, दीर्घकालीन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स–रे को प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको बताइएको छ ।

केही विकसित मुलुकमा एचएसजीको प्रयोग नै बन्द भइसकेको छ, HyCoSy को मात्रै प्रयोग हुन्छ । वात्सल्यले पनि नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ ।

हालका केही अध्ययनले करिब ५०५ बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ । यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको स्पर्म टेष्टले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनको कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको छ ।

यस असहजतालाई मेट्दै शुक्रकिटको डीएनएसम्मको सुक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्यर अयोग्य शुक्रकिटबीच स्पष्ट फरक छुट्याउन स्पर्म डीएफआईको प्रयोग हुन थालेको हो ।

यस विधिबाट शुक्रकिटको डीएनएमा कति क्षति पुगेको छ ? भन्ने मापन गर्न सकिन्छ र सोही अनुरुप थोरै क्षति पुगेको भएमा IUI / IVF र धेरै क्षति पुगेको भएमा ICSI को प्रयोग गर्न सल्लाह दिन सकिन्छ ।

यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ । यसबाहेक निषेचन को समस्या, भ्रुण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारण ले गर्भधारण नहुने समस्याको कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ ।

यी दुई आधुनिक जाँच विधि निस्सन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिको को सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुने वात्सल्यको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV