१५ असार २०७८, मंगलवार

भक्तपुर । अहिले उपत्यकाका तीनै जिल्ला निषेधाज्ञामा छ । भीडभाड गर्न नमिल्ने सरकारको आदेश छ । कोरोना संक्रमण दर घटिनसकेको र अझैँ स्वास्थ्य मापदण्ड राम्रोसँग नअपनाए तेस्रो लहरले भयवह हुने स्वास्थ्यविद्हरु बताउँछन् ।

No description available.

तर, यहीँ बेला राजनीतिककर्मीहरु भने धान रोप्ने महिना असार १५ अर्थात् राष्ट्रिय धान दिवस भन्दै भीडभाडका साथ खेतमा उत्रिएका छन् । मंगलबार भक्तपुरमा नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र युवा नेता महेश बस्नेतसहित एमालेका कार्यकर्ताहरु दुई नेताको साथमा खेतमा धान रोपिरहेका देखिन्थे ।

कोरोनाबाट बच्न भीडभाड नगर्न भनिरहेको अवस्थामा नेताहरुलाई भने कोरोनाको कुनै मतलब छैन । उनीहरु स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै साथमा कार्यकर्ता लिएर भीडभाडका साथ धान रोपाइँको उत्सव मनाइरहेका छन् ।

मंगलबार एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा पूर्वमन्त्री ज्ञवाली पनि बडो रमाइलोका साथ धान रोप्न खोजिरहेको देखिन्थ्यो । जबकि उनी आफैँ मन्त्री हुँदा सर्वसाधरणलाई कोरोनाबाट बच्न आग्रह गरेका थिए तर, तिनै मान्छे सरकारबाट बाहिरिएपछि नियमविपरीत भीडका साथ कोरोनाकालमा उत्सव मनाउँन उचित होला ? प्रश्न गम्भीर रहेको छ ।

कोरोनाको डेल्टा प्लसको खतरा देखिरहेको अवस्थामा यस्तो गतिविधिबाट जनताले के सिक्ने ? सर्वसाधरलाई मास्क नलगाए चार्ज तिराउने सरकारले आफ्नो कार्यकर्ताले यस्ता कार्यक्रममा उपस्थित हुँदा मास्क नलगाए पनि नदेख्ने ?

भिडियो : महेश बस्नेतको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV