१५ असार २०७८, मंगलवार

एजेन्सी । मास्क नलगाउने अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोइसलाई २ अष्ट्रेलियाली डलर जरिवाना गरिएको छ । उनलाई स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।

नेसनल पार्टीका नेतासमेत रहेका जोयस आर्मिडेलमा एउटा पेट्रोल पम्पमा बिनामास्क उपस्थित भएका थिए । उनी पेट्रोल सर्भिस स्टेसनमा बिनामास्क सेवा लिन गएको भन्दै जरिवानामा परेका हुन् ।

न्यू साउथ वेल्स प्रहरीले उपप्रधानमन्त्री जोयसलाई जरिवाना तिराएको पुष्टि गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV