१५ असार २०७८, मंगलवार

पाल्पा । पाल्पाको तिनाँउ गाउपालिकाका कोभिड प्रभावितहरुलाई वेस नेपाल पाल्पाले खाद्यान्न सहयोग गरेको छ ।

दोस्रो लहरको कोरोना भाइरसबाट प्रभावित तिनाउका गरिव तथा विपन्न ३४ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको वेस नेपालका कार्यक्रम प्रमुख शालिकराम पाण्डेले जानकारी दिनुभयो । कोरोना संक्रमणको दोश्रो लहरमा प्रभावित भएका गरीव घरपरिवारको लागि खाद्यान्न सहयोग गरिएको सस्थाले जनाएको छ ।

प्रति परिवारलाई रु ३ हजार बरावरको दाल,चामल, तेल, नुन लगायतका सामग्रीहरु सोमवार तिनाउ गाउपालिकामा हस्तान्तरण गरिएको हो । राहत सामाग्रीहरु तिनाउ गाउपालिकाले समन्वयमा प्रभावितहरुलाई वितरण गरिने जनाएको छ ।

राहत सामाग्री लिदै गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सस्थाबाट प्राप्त सामाग्री प्रत्येक वडाका प्रभावित गरि तथा विपन्न परिवारहरुलाई वितरण गरिने बताउनुभयो ।

कार्यक्रममा तिनाउँ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले यो सानो सहयोगले तिनाउका कोरोना प्रभावित गरिव तथा विपन्न परिवारलाई ठुलो राहत पुग्ने वताउदै वेस नेपालप्रति आभार प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा तिनाउ गाउपालिकाका उपाध्यक्ष दमयन्ती थापा तथा वडा नं. २ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठको समेत उपस्थिती रहेकाे थियाे । बेस नेपालले आफ्नो कार्यक्षेत्र अन्तर्गत जिल्लाका निस्दी र तिनाउमा राहत सामाग्री वितरण हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV