१५ असार २०७८, मंगलवार

असारै मास राेपाइँ भयाे चालिसे खेतमा
दिदीबहिनी, साथी र संगी राेपाइँ भेटमा

पानीमा रुझी राेपाइँ गर्दै असारे भाकामा
सुनेर रम्दै काेइली स्वर सल्लेरी पाखामा

कुलाकाे पानी गरामा आली पाैरख गरेर
राेपेर मानाे फलाई मुरी भकारी भरेर

बाउसे दाजै मिलाए गरा राेपेर नानीले
रमाइलाे गर्दै हिलाेमा खेल्दा छेकेन पानीले

माटाेकाे टीका बीउकाे फूल लाएर माथमा
काँधमा जुवा खुर्पेटाे भिरी हलगाेरू साथमा

दही-चिउरा दिउँसाे खाजा असारे गाएर
राेपाइँ सकी दिएर फूल पिरती लाएर ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV