१५ असार २०७८, मंगलवार

काठमाडौं । कोपा अमेरिकामा २०२० मा अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्जेन्टिनाको लागि दुई गोल गरे भने अर्काे गोलकाे लागि पास मिलाइदिएका थिए । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बनाए ।

खेलको छैटौं मिनेटमा गोमेजको गोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले कप्ता मेस्सीको पासमा गोल गरेका थिए ।

त्यसपछि मेस्सीले दुई गोल गरे । उनले खेलको ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । बोलिभियाका जस्तीनिअनोले गोमेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

४२ औं मिनेटमा मेस्सीले व्यक्तिग दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गो अग्रता दिलाए । उनले सर्जियो अगुएरोले प्रदान गरेको थ्रु बलमा गोल गरेका थिए ।

६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए । जस्तिनियनोको पासमा पहिलो टचमा नै प्रहार गर्ने क्रममा उनले गोलरक्षक अर्मानीलाई बिट गरेका थिए ।

६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए । अगुएरोको ठाउँमा मैदान प्रवेश गरेको २ मिनेट नबित्दै उनले गोल गरेका थिए ।

यस जितसँगै अर्जेन्टिना १० अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रह्यो । उसले  ४ खेलबाट ३ जित र १ बराबरी निकाल्याे । उरुग्वे पनि पाराग्वेमाथि १(० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ अंक जोड्यो ।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ । उरुग्वे र कोलोम्बियाले अन्तिम ८ मा खेल्दा ब्राजिलले चिलीको सामना गर्नेछ । पेरुले पाराग्वेसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV