१४ असार २०७८, सोमबार
  • तारा आचार्य,

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले एक साताको लागि निषेधाज्ञा थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड क्राइसेस व्यावस्थापन समितिको बैठकले असार २१ गतेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको हो ।

निषेधाज्ञा अवधिभर विहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल बजार खुल्ला गर्ने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकारी दिए । यसअघि दिउसो १२ बजेसम्म मात्र पसल र बजार खोलिएको थियो ।

कोरोना संक्रमितको संख्या कम हुदै गएपछि निषेधाज्ञाको स्वरुप पनि परिवर्तन गरिएको हो । बजार पसलहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेशमा भनिएको छ ।

खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालय, पुस्तक पसल, निर्माण सामग्रीका पसल, कपडा आदिका पसलहरु सञ्चालन गर्न पाइने छ ।
निषेधाज्ञाको अवधिभर अत्यावसेक बाहेक सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV