१४ असार २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले) बरिष्ठ नेता माधब कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा नागरिक अगुवाहरुसंग विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा बरिष्ठ नेता नेपालले ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गर्नुभएको हो ।

नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीमा संस्कार नभएको तर्क गर्नुभएको छ ।

नेता नेपालले विपक्षी गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि भएको उल्लेख गर्दै अरूको भन्दा आफ्नो अवस्था भिन्न रहेको धारणा राख्नुभएको छ ।

त्यस्तै गठबन्धनका अन्य नेताहरुले पनि मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याउन र अधिनायकवादी कदमलाई सच्चाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV