१४ असार २०७८, सोमबार

काठमाडौं । लकडाउन खुकुलो हुनथालेपछि कोका–कोलाले किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । कोका–कोलाले शप अनर्सहरुको सुरक्षाको लागि विभिन्न पहलहरु पनि समावेश गरेको छ ।

कोका–कोलाको यस पहलको मुख्य उद्देश्य खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो । किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्नका लागि कोका–कोलाले व्हाट्सएपमार्फत् द्रूत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ ।

जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउने कोका–कोलाको विश्वास छ । यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्नेछन् ।

यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पु¥याउनुका साथै फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने कोका–कोलाको विश्वास छ । यो प्ल्याटफर्म अन्य कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कोका–कोलाले जनाएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भने, “गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरुसहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ”

कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह््यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्ने र कोका–कोलाले हाइजिन र पि.पि.ई किट वितरण गर्ने जनाएको छ । साथै १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने भएको छ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विव्रmेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV