१४ असार २०७८, सोमबार

काठमाडौं । अध्यागमन विभागले क्यूआर कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ । विभाग सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री बिष्णु पौडेलले प्रणाली सिर्जित क्यूआर कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले समग्रतामा नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

मन्त्री पौडेलले अध्यागमन विभागलाई समायानुकुल बनाउनका लागि केन्द्रित हुन निर्देशन दिनुभयो । त्यस्तै विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सवै निकायमा रेकर्डमा रहने जानकारी दिनुभयो ।

उहाँले भिसा बितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताउनुभयो । प्रणाली सिर्जित क्यूआर कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ भएसँगै आवेदन र वितरणमा पनि सहज हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV