१३ असार २०७८, आईतवार

एजेन्सी । चेक रिपब्लिक युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै
चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जित दिलाउनको लागि टोमस होलेस र प्याट्रिक सिकले समान एक/एक गाेल गरे । दुवै गाेल दाेस्राे हाफमा सम्भव भएकाे थियाे ।

६८ औं मिनेटमा होलेसको गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । उनले टोमस कालासको पासमा हेडरमार्फत गोल गरेका थिए ।

८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारे । होलेसले पासमा  सिकले गोल गर्दै चेक रिपब्लिकको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गो हुन नसक्दा खेल चेक रिपब्लिकले २-० गोल अन्तरले जित्यो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV