१३ असार २०७८, आईतवार

भक्तपुर । भक्तपुरमा मोटरसाइकल चोरी नम्वर प्लेट परिवर्तन गरी चलाई रहेको गोप्य सूचनाको आधारमा मोटरसाइकल चोरहरु पक्राउ परेका छन् ।

भक्तपुरको कमलविनायकमा डेरा गरी बस्ने लक्ष्मण बि.क.को डेराबाट २०७८ जेठ ३१ गते भे७प ४४१३ नं.को मोटरसाइकल हराएको महानगरीय प्रहरी वृत जगातीमा निवेन परेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

चोरीको मोदरसाइकल खोजतलास गर्ने क्रममा २०७८ असार १२ गते जगाती वृतबाट खटिएका प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा भे७प ४४१३ नम्वरको मोटरसाइकललाई नम्वर प्लेट परिवर्तन गरी बा७१प ४७०३ नम्वर प्लेट राखेर चलाएको अवस्थामा भक्तपुर नगरपालिका वडा नं.८ लिवालीबाट चोरी गर्ने ४ जनाालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर अनुसन्धान गर्दा किर्तिपुर न.पा. १५ बस्ने रबिन्द्र नेपालको बा३६प १५८८ नम्वरको स्कुटर समेत उनीहरुले चोरी गरीएको खुल्न आएको छ ।

चोरीको मोटरसाइकल सहित पक्राउ पर्नेहरु १, काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं.४ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका वडा १० पलाँसे बस्ने बर्ष २३को अविनाश तामाङ २, दोलखा जिल्ला सैलुङ गा.पा. वडा नं.२ स्थाई घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ६ सुन्दर बस्ती बस्ने बर्ष २९को दिनेश तामाङ वाईबा ३, भक्तपुर नगारपालिका वडा नं.२ दत्तात्रय स्थाई घर भई हाल वडा नं. ८ लिवाली बस्ने बर्ष १९को वैद्य भने विजय ह्योङजु, ४, भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली घर भएको बर्ष २०का साईन भन्ने रमेश कोजुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यस्तै चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नगरापलिका वडा न.ं ४ स्थाई घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने बर्ष २३को अविनाश तामाङ र दाङ जिल्ला लमही स्थाई घर भई हाल ऐ.ऐ बस्ने बर्ष२२को आकाश मगरलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV