१३ असार २०७८, आईतवार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी)को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

त्रिवि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग गरेका छन् । ग्य्राजुयट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको बिद्यार्थीहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले निजी शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र विश्वविद्यालयलाई राजनीतिको अखडा नबनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV