१३ असार २०७८, आईतवार
  • केदार शर्मा,

चितवन । सामान्य अवस्थामा चितवनमा मात्रै दैनिक ३० देखि ३५ लाखसम्म कारोबार हुने पुष्प ब्यवसाय यतिबेला ठप्प छ । जारी लकडाउन र कोरोनाका कारण बजार ठप्प हुँदा उत्पादित फूल बजारसम्म पु¥याउन नसक्दा बारीमा खेर जान थालेका छन् ।

महामारीका कारण विवाह ब्रतबन्ध पूजा आजा जस्ता धार्मिक अनुष्ठान नहुदाँ उत्पादिन फूलले बजार पाउन नसकेको भरतपुरस्थित कृष्णपुरका पुष्प ब्यवसायी सागर कार्की बताउछन् ।

३० करोड भन्दा बढीको लगानी रहेको चितवनको पुष्प ब्यवसायमा सबै भन्दा बढी नोक्सानी नर्सरी र कट फ्लाओरले ब्यहोर्नु परेको फोलोलिकल्चर एसोसिएशन नेपाल, चितवनका अध्यक्ष प्रकाश पन्त बताउछन् । लामो समयको अथक मिहेनतले फूलमा आत्मनिर्भर बन्दै गरेको नेपालमा धेरै फूल ब्यबसायी पलायन हुने अवस्थामा छन् ।

जसले गर्दा यहाँको उत्पादनले धानेको बजारमा बाह्य मुलुकबाट फूल आयात गर्नुपर्ने अवस्था आउने फोलोलिकल्चर एसोसिएशन नेपालको धारणा छ ।

तरकारीमा भन्दा महङ्गो लगानी लाग्ने यस ब्यवसायमा चितवनमा मात्रै लकडाउनका कारण ५ करोड भन्दा बढी नोक्सान भएको छ । महामारीका कारण भीडभाड हुने स्थानमा प्रतिबन्ध लगाउदा लकडाउन खुलेपनि फूलको माग नआउने अध्यक्ष पन्त बताउछन् ।

जलबेरा र क्रानेशन फूल बिभिन्न सभा सम्मेलनमा सजाउन र उपहार दिन बढी प्रयोग हुने गरेको छ । जिल्लामा ब्यवसायिक रुपमा फूल खेती गर्ने किसानको संख्या ३५ हाराहारीमा रहेपनि दशै तिहार लगाएतका चाडलाई लक्षित गर्दै फूल लगाउनेको संख्या १०० भन्दा बढी रहेको छ ।

ब्यवसायीक रुपमा फूल खेती गर्ने किसानले फूलमा ३० करोड भन्दा बढी लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV