१३ असार २०७८, आईतवार

एजेन्सी । डेनमार्कले युरोपेली च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा प्रवेश गरेको हो ।

डेनमार्कलाई सानदार जित दिलाउनको लागि फरवार्ड कास्पर डोलबर्गको दुई गोल गरे भने जोइकिम माहेल र ब्रेथवेटले एक/एक गाेल गरे ।

२७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । उनले विंगर मिकेल डाम्सगार्डको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले नै गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले ४८ औं मिनेटमा ब्रेथवेटको पासमा गोल गरेका थिए ।

८८ औं मिनेटमा जोइकिम माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । उनले माथिअस जेन्सनको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको फराकिलो जित पक्का गरे । रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भीएआर रिभ्युबाट गोलले मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV