१२ असार २०७८, शनिबार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ‘भगवती क्लव’ले नयाँ कार्यसमिति पाएको छ । शनिबार भएको १४औं अधिवेशनबाट ईन्द्रराज जोशीको नेतृत्वमा क्लवले नयाँ कार्यसमिति पाएको हो ।

क्लवको वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, महासचिवमा दीपेन्द्र डंगोल, कोषाध्यक्षमा गणेशलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सुक नारायण डंगोल, रामकृष्ण श्रेष्ठ र गणेशमान श्रेष्ठ चयन भएका छन् ।

महासचिव दीपेनद्र डंगोलले क्लवलाई नयाँ ढंगले अघि बढाइने बताए । त्यस्तै, क्लवका निवर्तमान अध्यक्ष मनिष जोशीले खेलकुद क्षेत्रमा केही काम गर्ने उद्देश्यले गठन गरिएको क्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको बताए ।

साथै, उनले खेलाडीलाई प्रोत्साहनका साथै पटक–पटक सम्मन गरिँदै आएको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV