१२ असार २०७८, शनिबार

कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर अज्ञात व्यक्तिले रकम माग गरेको भेटिएको छ ।

सिडिओ महतोको नाम र फोटो प्रयोग गरेर अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी बनाई धेरैसँग २० देखि ३० हजारको दरले रकम मागी गरिएको भेटिएको हो ।

फेसबुकको कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो र फ्रोफाइलमा सिडिओ महतोको फोटो राखेर रकम माग गरिएको भेटिएको छ ।

फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध सिडिओ महतोले साइबर ब्यूरोमा उजूरी हाल्ने तयारी गरेका छन् । उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै महतोलो फेसबुकमै सूचना पनि हालेका छन्।

महतोले फेसबुकमा लेख्दै सबैलाई सूचित गरेका छन्, ‘यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV