१२ असार २०७८, शनिबार
  • भगिश्वर लिम्बू,

तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालिका–१ भुल्केबाट प्रहरीले तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालिगुरास नगरपालिका–१ भुल्के बस्ने ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न साथ भाग्न खोजेका तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरको हिरासदमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमा थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV