१२ असार २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताउनुभएको छ । शनिबार बिपक्षी गठबन्धनले पत्रकारसँग गरेको अन्र्तक्रियामा बरिष्ठ नेता नेपालले यस्तो बताउनु भएको हो ।

त्यस्तै उहाँले विभिन्न प्रलोभन आएपनि कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि बताउनुभयो ।

आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको जिकिर गर्नुभयो ।

त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाउनुभयो । अन्तक्र्रियामा बिपक्षी गठबन्धनका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV