१२ असार २०७८, शनिबार

काठमाडौं । जातीय विभेदविरुद्ध अखिल क्रान्तिकारी उपत्यकाले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सबै प्रकारका जातीय विभेद अन्त्य गर्नुपर्ने भन्दै संगठनले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सबै खाले बिभेद अन्त्य गरौं, बैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, रगत चल्ने कोठ नचल्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा जातीय विभेद पूर्ण रुपमा अन्त्य गर्नुपर्ने र जातीय विभेद गर्नेलाई कारवाही गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV