१२ असार २०७८, शनिबार

नयाँ दिल्ली । विभिन्न विवादमा आइरहने बलिउड अभिनेत्री पायल रोहतोगी पक्राउ परेकी छन् । सोसाइटीको चेयरम्यानलाई गाली गलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको आरोपमा अहमदाबाद पुलिसले अभिनेत्री पायल रोहतोगीलाई पक्राउ गरेको हो ।

सोसाइटीका चेयरम्यानले अभिनेत्री पायलविरुद्ध उजुरी दर्ता गरेपछि उनी पक्राउ परेकी हुन् । अभिनेत्री पायललाई अहमदाबादबाट सैटेलाइट पुलिस स्टेशनले पक्राउ गरेको हो ।

पराग शाह नाम गरेको डाक्टरले आफ्नो उजुरीमा भनेका छन्, ‘सोसाइटीको चेयरपर्सनलाई सोसल मिडियामा तुच्छ भाषा प्रयोग गरेर गाली गलौज गरेकी छन् । साथै ह्वाट्सएपमा पनि अपशब्दहरु प्रयोग गरेकी छन् ।’

त्यसोत, यस अगाडि पनि अभिनेत्री पायल पक्राउ परिसकेकी थिइन् । पायल रोहतोगीले सन् २०१९ मा सोसल मिडियामा एउटा भिडियो अपलोड गरेकी थिइन्, जहाँ गान्धी–नेहरु परिवारलाई अशोभनीय टिप्पणी गरिएको थियो । त्यसपछि मुम्बई पुलिसले उनको अकाउन्ट ब्लक गरेको थियो ।

सोही विषयलाई लिएर अभिनेत्री पालय रोहतोगी अहमदाबादबाटै पक्राउ परेकी थिइन् । पायल रोहतोगीले फिल्म रिफ्युजी, तुमसे मिलकर, रक्त, तौबा–तौबा, ३६ चाइना टाउन, ढोल, अलगी और पगली, दिल कबड्डीलगायतमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV