१२ असार २०७८, शनिबार

रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाइदिएको निहुँमा दुर्इ पक्षको बिचमा झडप भएको छ । झडपमा परि दुबै पक्षका १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरिक्षक सुशिल कुमार पाण्डेका अनुसार शनिबार बिहान मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा भुवल साह सोनारले वर्षातको पानीको निकास हृदय नारायण यादवको खेतमा राखिएको धानको बिउँमा लगाइदिएको आरोपमा विवाद भएको थियो । दुइजनाको विवाद बढ्दै गएपछि झडपको स्थिति आएको हो ।

झडपमा परि घाइते भएकाहरुको अवस्था सामान्य रहेको र उनीहरुकोे मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ । दुइपक्षको झडपका कारण सो क्षेत्रको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।

सम्भावित झडपको घटना दोहोरिन नदिन घटनास्थलमा ठुलोसंख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हाल अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच पूर्वमन्त्री प्रभु साहले भुवल साह सोनारको परिवारमाथि ज्यान मार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न गृह प्रशासनसँग माग गर्नुभएको छ ।

उहाँले फेसबुकमा स्टाटस लेख्दै २१ औँ शताब्दीमा लोकतन्त्र एवं कानूनी राज्यको उपहास समेत भएकोले घटनाको घोर निन्दा गद घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV