१२ असार २०७८, शनिबार

काठमाडाैँ । मनसुन सक्रिय भएर लगातारको वर्षा भएपछि मेलम्ची नदीमा पुन पानीकाे सतह बढेकाे छ । यससँगै नदीले एक घर बगाएकाे छ ।

मेलम्ची वडा नं ११ मा रहेकाे एक घर नदीकाे कटानसँगै शनिबार बगेको हाे । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर शनिबार बिहान बाढीले  कटान गरेर ढालेको हो ।

२ दिनसम्म मनसुन सक्रिय रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

मेलम्चीमा यही असार १ गते आएको लेदोसहितको बाढीले केही घर, कार्यालय भवन तथा विद्यालय बगाएको छ भने दर्जनौँ पुल र अन्य भौतिक संरचनामा क्षति गरेको छ । बाढीका कारण केहीको मृत्यु र करिब २ दर्जन व्यक्ति बेपत्ता भएका थिए । खोलामा बाढी आउने क्रम नरोकिएकाले सतर्क रहन अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV