१२ असार २०७८, शनिबार

काठमाडौँ । आज मनसुन सक्रिय रहने र देशका धेरै स्थानमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । भोलिसम्मै मनसुन सक्रिय रहने र पाँचवटा प्रदेशमा भने भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ । हाल प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा मौसम पुर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पाँचवटा प्रदेशमा भने भारी वर्षासमेत हुने सम्भावना देखिएको छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम र भारी वर्षा भई बहाब बढ्ने र केही स(साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV